Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

आज सुनको मूल्य घट्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २७

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो । नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९३ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स