सरकारले खोल्यो केराउ, सुपारी र मरिचको आयात
काठमाडौँ । सरकारले केराउ, सुपारी र कालो मरिचको आयात प्रतिबन्ध खुलाएको छ । आज राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले यी तीन वस्तुको आयात प्रतिबन्ध खुलाएको हो । यी तीन वस्तुको आयातमा गत आर्थिक वर्षदेखि प्रतिबन्ध लगाइएको थियो । सरकारले प्रतिबन्ध खोल्दै केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक कच्चा पदार्थका रूपमा गर्न मिल्ने जानकारी दिएको छ ।
प्रकाशित राजपत्रमा भनिएको छ, ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, केराउ, सुपारी र कालो मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७८ को प्रक्रिया पुरा गरेर चालू आर्थिक वर्षका लागि मात्र कच्चा पदार्थको रूपमा पैठारी गर्न अनुमति दिने निर्णय भएको छ ।’ यसअघि सरकाले राजपत्रमा सूचना निकालेर २०७६ को चैत २४ गतेदेखि यी वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । खासगरी, तेस्रो मुलुकबाट आयात गरेर भारत तस्करी भएको भन्दै त्यसलाई रोक्ने लक्ष्यसहित सरकारले केराउ, सुपारी र कालो मरिचको आयात रोकेको थियो ।
यद्यपि, सोही समयमा सरकारले व्यवसायीसँगको छलफलपछि गत चैतदेखि असार मसान्तसम्मका लागि आयात खुला गरेको थियो । त्यस लगत्तै पुनः यसको आयात रोकिएको थियो । सरकारले विदेशी मुद्राको सञ्चिति जोगाउने र भारततर्फ हुने तस्करीलाई समेत नियन्त्रण गर्ने लक्ष्यसहित दोस्रो पटक यी वस्तुको आयात बन्देज गरेको थियो ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


