Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सवारी लाइसेन्समा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था असोजदेखि नयाँ मापदण्ड लागू गरिँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २८
सवारी लाइसेन्समा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था असोजदेखि नयाँ मापदण्ड लागू गरिँदै

काठमाडौं । वाग्मती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ । लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १०० अंकमध्ये ७० अंक प्राप्त गरेको खण्डमा सहजै लाइसेन्स प्राप्त गर्न सकिनेछ । संघीय सरकारको यातायात व्यवस्था विभागले तयार गरेको निर्देशिकाअनुसार ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्थाअनुसारको मापदण्ड लागू गर्न लागिएको वाग्मती प्रदेशको श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए ।

‘अन्य प्रदेशले नयाँ मापदण्ड लागू गरिसकेका छन् । हामी पनि असोज १ बाट लाइसेन्सको परीक्षा हुने पाँचै यातायात कार्यालयबाट नयाँ निर्देशिकाअनुसार परीक्षा सञ्चालन गर्नेछौं,’ उनले भने । प्रदेशको हेटौंडामा एउटा र काठमाडौंमा चारवटा स्थानबाट लाइसेन्सको परीक्षा सञ्चालन हुन्छ । चालु आर्थिक वर्षभित्रै चितवन र सिन्धुलीको खुर्कोटबाट पनि लाइसेन्स परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

नयाँ निर्देशिकाअनुसार परीक्षामा मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको ट्रायललाई सहज बनाइएको छ । मोटरसाइकलको परीक्षामा कहींकतै छोए वा भुइँ टेकेमा अनुत्तीर्ण नहुने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार घुमाउरो आठमा एक पटकसम्म रेखा छोएमा अनुत्तीर्ण हुनुपर्ने छैन । रेखा छोएमा पाँच अंक घट्नेछ । एक पटक खुट्टाले भुइँमा टेके पाँच अंक घट्नेछ ।

युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक र ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्नेछ । अंक घट्दै गएर ७० भन्दा कम आएमा मात्र लाइसेन्स पाउन योग्य मानिने छैन । खाल्टाखुल्टीमा एक पटकसम्म भुइँ टेकेमा पाँच र एक पटक सवारीको स्टार्ट बन्द भए पाँच अंक घट्ने व्यवस्था गरिएको छ । सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाको सामान्य निरीक्षण नगरे तीन अंक घट्ने व्यवस्था निर्देशिकामा रहेको छ । हेलमेटको लक नलगाई सवारी चलाएमा पनि चार अंक घट्नेछ ।

naima expoTop Changing Nepal

युट्युब सट्स