Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

ललितपुरमा डोरीले घाटी कसेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २८
ललितपुरमा डोरीले घाटी कसेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

ललितपुर । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले दोलखा भिमेश्वर नगरपालिका – ९ घर भई ललितपुर महानगरपालिका – २९ हरिसिद्दी बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई पक्राउ गरेको छ ।

उनले ४७ वर्षीया श्रीमती रुपा क्षेत्रीको हत्या गरेको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका–३ फुलचोकीस्थित जंगलमा सडिगलेको अवस्थामा आइतबार दिउँसो रुपाको शव फेला परेको थियो ।

घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न लामालाई पक्राउ गरेको हो ।

लामाले भदौ १६ गते दिउँसो श्रीमतीसँग वादविबाद भएको कारण डोरीले घाँटीमा बाधेर हत्या गरेको प्रारम्भिक अनुसम्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स