चोलेन्द्रले आरोप लगाएका सर्वोच्चका न्यायाधीशलाई पनि समितिले बोलाउने
काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले बयानका लागि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आरोप लगाएका सर्वोच्चका न्यायाधीशहरूलाई पनि बयानमा बोलाउने भएको छ। राणासँगै बेन्चमा बसेर संसद पुनर्स्थापना भएको घोषणा गर्ने सबै न्यायाधीशहरूलाई बोलाएर बयान लिन लागिएको समिति सदस्य सांसद प्रमोद साहले बताए ।
संसद पुनर्स्थापनाको फैसला गर्ने इजलासमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई थिए । समितिमा बयान दिने क्रममा राणाले सर्वोच्चका अन्य न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतलाई पनि नाम नै किटेर आरोप लगाएका थिए ।
यसका साथै वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याललगायतलाई पनि बोलाउने निर्णय भएको सांसद साहले बताए। बहालवाला न्यायाधीश र अधिवक्ताहरूलाई बोलाउने निर्णय भएको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले पनि पुष्टि गरे । सांसद साहका अनुसार बिहीबार बिहानदेखि बेलुकीसम्म उनीहरूको बयान गर्ने तयारी छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


