भक्तपुर अस्पतालको सुपरिटेन्डेन्टमा पुनः डा सुमित्रा गौतम नियुक्त
भक्तपुर । भक्तपुर अस्पताललाई नमूना अस्पताल बनाउन भूमिका खेलेकी डाक्टर सुमित्रा गौतम पुनः मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएकी छन् । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको सो अस्पतालको प्रमुख पदको रुपमा रहेको मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर सुमित्रा गौतम पुनः नियुक्त भएकी हुन् । उनलाई बुधबार भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले स्वागत गरे ।
उनले पदभार सम्हालेसँगै अस्पताललाई उत्कृष्ट बनाउने योजना रहेको उनले प्रतिक्रिया दिइन् । उनले आजै अस्पताल व्यवस्थापन समितिको बैठक समेत बसिएको जानकारी दिँदै बालबालिकाको ओपिडी निःशुल्क गर्ने निर्णय गरिएको बताइन् । बैठकमा बेवारिशे लास तथा बेवारिशे व्यक्तिका उपचार निःशुल्क गर्ने विषयमा व्यवस्थापन समितिका पदाधिकारीबीच छलफल भएको छ ।
केही समयअघि उनलाई सो अस्पतालबाट अन्यत्र सरुवा गरिएको थियो । उनको सरुवासँगै जनताहरुले उनलाई सरुवा गर्न नहुने धारणा राख्दै आएका थिए । डाक्टर गौतमलाई हाल निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेटको जिम्मेवारी दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

