पहिरोले घर पुरिँदा काभ्रेमा एकै परिवारका ३ जनाको मृत्यु
जानकारी केन्द्र
२०७९, भाद्र, ३०
काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिकामा गएराती खसेको पहिरोमा परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर–४ चलालमा गएराती परेको वर्षाका कारण खसेको पहिरोले एक घर पुरिँएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान ३ बजेर ३० मिनेट जाँदाको समयमा बेथानचोक गाउँपालिका वडा नम्बर–४ स्थित ढुंगा खानी नजिकै पहिरो खसेको थियो । उक्त पहिरोले घर पुरिँदा सो घरमा सुतिरहेका ६५ वर्षीया ठुलीमाया तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया सावित्री तामाङको मृत्यु भएको हो ।
निर बहादुर र सावित्रीको घटना स्थलमा नै मृत्यु भएको थियो भने ठुलीमायाको उपचारका क्रममा मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


