अजरबैजानको हमलामा १०५ आर्मेनियाली सैनिक मारिए
काठमाडौँ । सोमबारदेखि अजरबैजानसँगको सीमामा भएको झडपमा १०० भन्दा बढी आर्मेनियाली सैनिकको मृत्यु भएको आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले बताएका छन् । अजरबैजानले यस लडाइँमा आफ्ना ५० सैनिक पनि मारिएको बताएको छ । आक्रमणको दोष दुबै पक्षले एक अर्कोलाई दिएका छन् ।
विवादित नागोर्नो–काराबाख क्षेत्रलाई लिएर दुई भूतपूर्व सोभियत गणतन्त्रबीच लामो समयदेखि चलिरहेको द्वन्द्वको शृंखलामा यो पछिल्लो ठूलो हताहति हो । रुस र अमेरिकाले दुई देशबीच शान्ति कायम गर्न आह्वान गरेका छन् ।
आफ्नो देशको संसदमा बोल्दै आर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यानले सोमबार रातिदेखि भएको आक्रमणमा१०५ जना आर्मेनियाली सैनिकको मृत्यु भएको बताए। आक्रमणमा अजरबैजान दोषी रहेको उनले बताए ।
उनले अजेरी सेनाले यस हप्ता आर्मेनियाली क्षेत्रको १० वर्ग किलोमिटर ९४ वर्ग माइल० कब्जा गरेको आरोप पनि लगाए । सैन्य सहयोगको लागि आर्मेनियाको लामो समयको सहयोगी रुसतर्फ फर्किएको उनले बताए ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


