पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी
इस्लामाबाद । पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएका छन् । बाढीका कारण जुनको मध्यदेखि हालसम्म करिब १ हजार ५ सय जनाको मृत्यु भएको छ भने ३ करोड ३० लाख मानिस प्रभावित भएका छन् ।
देशका विभिन्न भागहरूमा उद्धार र निकासीको प्रयास जारी रहँदा स्वास्थ्य विशेषज्ञहरूले डेंगू, मलेरिया र गम्भीर संक्रमणका घटना भएको जनाएका छन् । धेरै विस्थापित मानिसहरू दुर्गन्धित पानी नजिक बसिरहेका छन् । डेंगू ज्वरोले धेरैको ज्यान गइरहेको छ भने मानिसहरू दिनप्रतिदिन संक्रमित बनिरहेका छन् ।
दक्षिणी सिन्ध प्रान्तमा स्वास्थ्य अधिकारीहरूले डेंगू ज्वरोका करिब ३ हजार ८ सय ३० केस रिपोर्ट गरेका छन् । तीमध्ये कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
‘समग्रमा सिन्धको अवस्था निकै खराब छ । प्रान्तभर हामीले मेडिकल शिविर प्रबन्ध गरिरहेका छौँ । मलेरियापछि अहिले हामी डेंगूका बिरामी देखिरहेका छौँ’, पाकिस्तान मेडिकल संघका महासचिव डाक्टर अब्दुल घाफुर सोरोले भने ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


