रोनाल्डोको गोलमा म्यानचेस्टरको जित
एजेन्सी । क्रिस्टियानो रोनाल्डोको गोलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा जित निकालेको छ । युनाइटेडले मोल्दोभालाई उसकै मैदानमा २–० ले हराउने क्रममा अर्को गोल जेडान सान्चोले गरे। खेलको १७ औं मिनेटमा सान्चोको गोलबाट युनाइटेडले सुरूवाती अग्रता लियो।
३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे। प्याट्रिक केपोजोले पेनाल्टी बक्समा डिएगो डालोटलाई फउल गरेपछि रेफ्रीले युनाइटेडलाई पेनाल्टी प्रदान गर्दा रोनाल्डो चुकेनन्। यो सिजनमा रोनाल्डोको यो पहिलो गोल हो। दोस्रो हाफमा थप गोल निस्कन नसक्दा युनाइटेडले पहिलो जित निकाल्न सफल भयो।
यही समूह ‘ई’ को खेलमा स्पेनिस क्लब रियल सोसिडाडले लगातार दोस्रो जित निकाल्दै आफ्नो शीर्षतालाई कायमै राखेको छ। सोसिडाडले साइप्रसको ओमोनिया निकोसियालाई २–१ ले पराजित गरेको छ । योसँगै सोसिडाड ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो जित निकालेको युनाइटेड ३ अंक जोडेर दोस्रो स्थानमा छ । ३ अंक नै रहे पनि सेरिफ हेड टु हेडमा तेस्रोमा छ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


