विश्व बजारमा डलर झन झन शक्तिशाली बन्दै, अन्य देशका मुद्राको अवस्था कस्तो ?
काठमाडौँ । अमेरिकाको अगस्ट महिनाको मुद्रास्फीति दर वृद्धि भएपछि, केन्द्रीय बैंकले मूल्यवृद्धि नियन्त्रण गर्न औसत ब्याजदर बढाउने निर्णय गरेको छ । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेडले) औसत ब्याजदर बढाउने निर्णय गरेसँगै विश्वबजारमा डलर शक्तिशाली हुन पुगेको छ । डलर शक्तिशाली बनिरहँदा अन्य देशका मुद्रा कमजोर हुन पुगेका हुन् ।
फेडरल रिजर्भले औसत ब्याजदर बढाउने निर्णय गरेसँगै लगानीकर्ताहरुले डलरलाई सुरक्षित लगानीका रुपमा लिँदा डलरको माग बढ्न पुगेको छ । डलरको माग बढेसँगै विश्व बजारमा डलरले आफ्नो वर्चस्व कायम गर्न सफल भएको हो । डलर बढ्दा चिनियाँ युवान, जापानी येन, अष्ट्रेलियन डलर, पाउन्ड स्ट्रलिङ कमजोर देखिएका छन् ।
दुई वर्षसम्म युवान र डलरको विनिमय १ डलर बराबर ७ युवानमा भएता पनि आज डलर शक्तिशाली हुँदा १ डलर बराबर ७.०३५ युवानमा विनिमय भइरहेको छ । यसैगरी जापानी येन र डलरको विनिमय १ डलर बराबर १४३.३६ येनमा विनिमय भइरहेको छ । यसैगरी १ डलर बराबर ७९.८४ भारुमा डलर र भारती रुपैयाँको विनिमय भइरहेको छ ।
यसैगरी अमेरिकी डलरसँगको विनिमयमा अष्ट्रेलियन डलर दुई महिना यताकै कमजोर १ अमेरिकी डलर बराबर ०.६६८५ अष्ट्रेलियन डलर हुन पुगेको छ । त्यति मात्रै नभई पाउन्ड स्ट्रलिङ ०.०३ प्रतिशतले घटेर १ पाउन्ड स्ट्रलिङ बराबर १.१४६८ अमेरिकी डलर हुन पुगेको छ ।
डलर शक्तिशाली भएसँगै दुई वर्षीय ट्रेजरी येल्डको कुपन रेट बढेर ३।९०१ प्रतिशत हुन पुगेको छ । यो कुपन रेट सन् २००७ यताकै उच्च हुन पुगेको छ । आगामी हप्ता बस्ने फेडरल रिजर्भको बैठकले ०.७५ प्रतिशतले औसत ब्याजदर बढाउने सम्भावना उच्च रहेको छ ।
यसैगरी आगामी हप्ता बस्ने बैंक अफ जापान, फेडरल रिजर्भ र बैंक अफ इङ्ल्यान्डको संयुक्त बैठकको निष्कर्ष के हुन्छ भन्ने बारेमा पनि व्यापारी तथा लगानीकर्ताहरु चिन्तित देखिएका छन् ।
यसै सन्दर्भमा कमनवेल्थ बैंकका वरिष्ठ अन्तराष्ट्रिय अर्थशास्त्री कारोल कोङले केही समयको लागि डलर विश्व बजारमा शक्तिशाली रहने र डलर शक्तिशाली भएकै कारण बजारमा सामानको मूल्य उच्च रहने जनाएका छन् । विश्वव्यापी वृद्धि दर कम हुँदै गएको समयमा डलर शक्तिशाली कायम भइरहँदा विश्व अर्थतन्त्र अझ कमजोर हुन जाने उनको भनाइ रहेको छ ।
दुई दशक यताकै उच्च हुन पुगेको अमेरिकी डलर सूचांक आज १०९।६९ कायम भएको छ ।
आज नेपाली रुपैयाँ र डलरको विनिमय १ डलर बराबर १२६।९१ नेपाली रुपैयाँमा भइरहेको छ ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


