जाँदाजाँदै घोचपेचमै शीर्ष नेता
काठमाडौँ । शीर्ष नेताको सम्बोधन सकिएसँगै प्रतिनिधिसभा संसद् अधिवेशन अन्त्य भएको छ । शनिबार बसेको अन्तिम बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ‘संसद् अधिवेशन अन्त्य’ घोषणा गरेका हुन् ।
‘माननीय सदस्यहरू प्रतिनिधिसभाको चालू अधिवेशन आज राति १२ बजेबाट स्वतः अन्त्य हुनेगरी यो बैठक स्थगित हुन्छ,’ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउँदै उनले थपे, ‘मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै चालू अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि अन्त्य गरेको छु ।’
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति कार्यालयसमक्ष पठाउने निर्णय गरेको थियो ।
प्रतिनिधिसभाको कार्यकाल अन्तिम दिन शनिबारको बैठकमा दलका शीर्ष नेताले ‘हार्दिकता’ साटासाट गर्ने धेरैको अपेक्षा थियो । छुट्टिनुअघि ‘धन्यवाद’ आदानप्रदान र पाँच वर्षे कामको समीक्षा गर्नुको साटो उनीहरू ‘घोचपेच’ र ‘तीतो टिप्पणी’मा उत्रिए ।
‘घोचपेच’ सुरुवात प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुरबाटै भयो । त्यसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले विस्तार गरे भने नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झनै फैलाए ।
प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै ‘सर्वोच्च अदालतको परमादेशका कारणसँगै काम गर्न पाएको’ बताए । ‘अहिलेको सरकारले संविधानअनुसार मुलुक चल्ने वातावरण बनाएको छ,’ देउवाले भने, ‘हुन त, हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशी सरकार भनेर भन्नुहुनेछ । यो कुरा थाहा छ । यो सबै परमादेशबाट हो । जहाँ बसेर हामीसँगै काम गर्न पाइरहेका छौं ।’
दुईपटक प्रतिनिधिसभा विघटन गरेका ओलीले ‘वर्तमान सरकारलाई परमादेशको सरकार’ भन्दै आएका छन् । देउवापछि बोलेका ओलीले ‘वर्तमान सरकारले निर्वाचनमा जानुलाई प्रतिगमन भनेको’ भन्दै आलोचना गरे । ‘देउवाले प्रतिनिधिसभा अधिवेशन अन्त्य हुन लागेको हुँदा प्रतिगमन भयो त रु’ भनेर प्रश्न गर्दै ओलीले देउवालाई जबाफ फर्काए ।
‘जनादेशअनुसार संसद् नचलेपछि आपूmले ताजा जनादेशमा जान खोजेको’ औंल्याउँदै ओलीले ‘ताजा जनादेशमा जानुलाई प्रतिगमन भन्न नहुने’ भन्दै आप्mनो कदमको बचाउ गरे । उनले ‘अहिलेको सरकारले निर्वाचन घोषणा गर्नु प्रतिगमन हो त रु’ भनी प्रश्नसमेत गरे ।
ओलीपछि बोलेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका अध्यक्ष ओलीले ‘नेपाली जनताले केही नबुभ्mने भन्ने ठानेको हो कि ? ’ भनेर प्रश्न गरे ।
‘हठात् संविधानको भावनाविपरीत प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमन नभएर के हो रु,’ उनले सोधे, ‘उहाँले कताकता तुलना गरिदिनुभयो । अहिले निर्वाचन घोषणा गरेको पनि प्रतिगमन हो त भनेर । यो तुलना गर्नेको पनि एउटा हद हुन्छ नि । यो हामी यहाँ बसेका केही पनि नबुभ्mने भन्ठान्नुभयो कि प्रतिपक्षी दलका नेताले । अथवा, नेपाली जनता केही जाँन्दैनन्, भेडै छन् भन्ठान्नुभएको हो कि रु’ आजको राजधानी दैनिकमा खबर छ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

