पाकिस्तानको बाढीमा डेढ करोड बालबालिका प्रभावितः युनिसेफ
काठमाडौँ । पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका प्रभावित भएका छन् । प्रभावितमध्ये ३४ लाखलाई तत्काल सहयोगको आवश्यकता पर्ने राष्ट्रसंघले जनाएको छ । बाढी प्रभावित क्षेत्रको अवस्था निकै नाजुक रहेको र कुपोषित बालबालिकाले झाडापखला, डेंगु ज्वरो र धेरै छालासम्बन्धी रोगसँग जुधिरहेको राष्ट्रसंघीय बाल कोष ९युनिसेफ०का प्रतिनिधि अब्दुल्लाह फदिलले बताएका छन् ।
बाढी प्रभावित सिन्ध प्रान्तमा दुई दिने भ्रमण गरेका फदिलले बाढीका कारण ५२८ बालबालिकाको ज्यान गएको जानकारी दिए । बाढीलाई टार्न सकिने उनको भनाइ थियो ।
‘यी प्रत्येक मृत्यु एक त्रासदी हो जुन टार्न सकिन्थ्यो’, उनले भने , ‘एक अनुमानित १ करोड ६० लाख बालबालिकाहरू बाढीबाट प्रभावित भएका छन् र कम्तिमा ३४ लाख बालबालिका तत्काल, जीवन बचाउने सहयोगको खाँचो छ। ’ बाढी प्रकोपको परिमाण बढ्दै जाँदा अन्तराष्ट्रिय सहायता पनि भित्रिने क्रम जारी छ । बाढी प्रभावित पाकिस्तानलाई चीन, बेलायत, क्यानडाल जापान गायतका देशहरुले सहयोग प्रदान गरेका छन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


