सांघाई सहयोग बैठकमा पुटिन र मोदीबीच के विषयमा छलफल भयो ?
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । उज्बेकिस्तानको समरकन्दमा भएको सांघाई सहयोग संगठन एससीओ को शिखर सम्मेलनको छेउमा भएको वार्तामा युक्रेन युद्धलगायत समसामयिक विषयमा छलफल भएको रुसी प्रशासन केन्द्र केमलिनले जनाएको छ ।
उज्बेकिस्तानमा भएको क्षेत्रीय सुरक्षा ब्लक शिखर सम्मेलनको छेउमा शुक्रबार भारतीय प्रधानमन्त्री मोदीले पुटिनलाई भने, ‘ मलाई थाहा छ कि आजको युग युद्धको युग होइन र मैले तपाईसँग यस बारे टेलिफोनमा छलफल गरेको छु’,उनले लोकतन्त्र, कूटनीति र संवादले विश्वलाई एकताबद्ध बनाएको बताए ।
जबाफमा पुटिनले युक्रेनले वार्ता अस्विकार गरेको र आफ्नो उदेश्य ‘युद्ध मैदानमा ’ प्राप्त गर्न चाहेको बताएका थिए । उनले मोदीलाई भने, ‘मलाई युक्रेनको द्वन्द्वमा तपाईंको स्थिति थाहा छ । तपाईंहरूले निरन्तर व्यक्त गर्नुभएको चिन्ताको बारेमा मलाई थाहा छ।’सो अवसरमा रुसी राष्ट्रपति पुटिनले मोदीलाई युक्रेन द्वन्द्व बारेमा नयाँ दिल्लीको चासो बुझेको र यसलाई जति सक्दो चाँडो अन्त्य गर्न चाहेको बताएका थिए
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


