खोकना–बुझमती खण्डको विवादले द्रुतमार्ग निर्माण अनिश्चित
काठमाडौं । खोकना–बुझमती खण्डको विवादले द्रुतमार्ग निर्माण अनिश्चित भएको छ ।
प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले काठमाडौं–तराईरमधेस द्रुतमार्ग आयोजनामा कानुनविपरीत ठेक्का व्यवस्थापनको काममा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कारवाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको दिएको एक सातापछि नेपाली सेनाले द्रुतमार्ग आयोजनाको खोकना–बुझमती खण्डमा स्थानीय विवादको विषय जटिल बनेको भन्दै केन्द्रीय तहबाट पहल गरिनुपर्ने बताएको छ।
समितिको बैठकले आगामी दिनमा विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने गरी काम अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन गरेको थियो । तर, शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पत्रकार सम्मेलन गरी काठमाडौ–तराईरमधेस द्रुतमार्ग सडक आयोजनाका प्रमुख विकास पोखरेलले खोकना–बुझ्मती खण्डको स्थानीय विवादको निकासका सम्बन्धमा हालसम्म भएका विभिन्न प्रयासहरुका बाबजुद ठोस निकास ननिस्किएको भन्दै द्रुतमार्ग निर्माणमा बाधा भएको बताए।
प्रक्रियागत जटिलता फुकाउन अन्तरमन्त्रालय सहजीकरणको आवश्यकता देखिएको भन्दै उनले यसबारेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग बसेर अर्को हप्ताबाट छलफल अघि बढाउने पनि जानकारी दिए । कारोबार दैनिकबाट
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


