नेप्सेको ओरालो यात्रामै,३३.९७ अंकले घटेर १८७६.४१ विन्दुमा
काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ विन्दुमा झरेको छ । नेप्से १.७९ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.०४ अंकले घटेर ३६५.८६ विन्दुमा झरेको छ ।
कूल २२९ वटा कम्पनीको ६२ लाख ९६ हजार ४ सय ४५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६० करोड १८ लाख २२ हजार ९ सय ५५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सबै वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै व्यापार समूह घटेको छ ।
आइतबार लक्ष्मी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २१ करोड ३८ लाख ४४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । आज ग्लोबल आईएमइ सम्मुनत योजनाको मूल्य सबैभन्दा धेरै बढेको छ । उक्त फण्डको मूल्य ५.३५ प्रतिशतले बढेर ८ रूपैयाँ ८६ पैसा पुगेको छ ।
यस दिन बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ७.८५ प्रतिशतले घटेर २ सय ७० रूपैयाँमा झरेको छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


