१० वर्ष जेल सजाय काटेर छुटेका थिए मृतक मोहम्मद
काठमाडौँ । काठमाडौंको गोठाटारमा सोमबार साँझ गोली हानी आक्रमण गरिएका लाल मोहम्मद १० वर्ष जेल बसेर छुटेको खुलेको छ। मोहम्मदको परिवारसँग सोधपुछका क्रममा उनी पाँच वर्षअघि दस वर्षको जेल सजाय काटेर छुटेका प्रहरीले जनाएको छ। उनी कुन मुद्दामा जेल परेका थिए भन्नेबारे यकिन भइसकेको छैन। थप अध्ययन तथा अनुसन्धान भइरहेको छ, प्रहरी स्रोतले जनाए ।
सोमबार साँझ कागेश्वरी मनोहरा नगरपालिका – ८ मा दुई जना बन्दुकधारीहरूले मोहम्मदलाई गोली हानेर भागेका थिए। मोहम्मदको टाउको, कोखा र तिघ्रामा गोली लागेको थियो। घाइते मोहम्मदको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार घटनास्थलमा बन्दुक र गोलीका चार वटा खोका भेटिएको छ।
गोली हान्ने दुई जना आक्रमणकारीको हुलिया प्रहरीले पत्ता लाइसकेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकाबाट बाहिरिन सक्ने नाकाहरूमा कडाइ गरेर प्रहरीले जाँच गरिरहेको बताएको छ। सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मद गार्मेन्ट व्यवसायी थिए। मोहम्मदमाथि आक्रमण भएको सिसिटिभी फुटेज सार्वजनिक भएको छ।
उक्त भिडिओमा मोहम्मद सेतो कारबाट उत्रिनेबित्तिकै उनीमाथि गोली हानिएको देखिन्छ। उनी आफू उत्रिएको कारकै वरिपरि घुम्दै बच्न खोज्दै भागेका देखिन्छन्। तर दुई जना बन्दुकधारी उनको पछिपछि लागेर खेद्दै उनलाई तीन(चार पटक गोली हान्छन्। गोली हानेको देखेपछि सँगै रहेको घरमा रहेकी मोहम्मदकी छोरीले एक तला माथिबाट हाम फालेर आक्रमणकारीलाई झम्टिएको देखिन्छ। यसपछि बन्दुकधारीहरू भागेका थिए।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


