अमेरिकामा गायन, वाद्यवादन, नृत्य र कमेडी विधामा दोस्रो अनलाइन ट्यालेन्ट शो आयोजना हुंदै
काठमाडौँ । विश्वभर फैलिएर बसेका नेपाली प्रतिभालाई भर्चुअल अर्थात अनलाइनको माध्यमबाट छनौट गरि आयोजना हुन लागेको अनलाइन ट्यालेन्ट कम्पिटिसनको दोस्रो संस्करण अनलाइन ट्यालेन्ट शो २०२३ घोषणा भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।
हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । हिमालयन म्युजिक एकेडेमी अमेरिकाको अध्यक्ष पुष्प गजमेरले आफूहरु विदेशमा भएपनि नेपाली भाषा, संगीत, साहित्य र नेपालप्रति समर्पित रहेर शो आयोजना गर्न लागिएको बताए ।
कार्यक्रम नेपालको राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने बताइएपनि टेलिभिजनको नाम भने खुलाइएको छैन् । कार्यक्रमले विश्वभर छरिएर रहेका नेपालीलाई आफ्नो भाषा, साहित्य, संगीत तथा कलाको माध्यमद्धारा एकीकृत हुन सघाउने आशा अध्यक्ष पुष्प गजमेरले लिएका छन् ।
हाल विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली सन्ततीहरुलई समेत यस कार्यक्रमले नेपाल र नेपाली भाषा, कला, साहित्यप्रति आफ्नोपन जगाउँछ भन्ने उदेश्यसहित पहिलो संस्करण सुरु गरिएको अध्यक्ष गजमेरले कार्यक्रममा बताए । कार्यक्रममा सहभागीहरुलाई मेन्टरद्धारा प्रशिक्षण गराई उत्कृष्ट पाँचको लागि अमेरिकामा नै लैजानले आयोजकको तयारी रहेको छ ।
अन्तिम प्रतिस्पर्धीले अमेरिकामा हुने कार्यक्रममा प्रतिस्पर्धा गर्नेछन् । विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाको लागि छात्रवृत्ति र अन्य गिफ्ट ह्याम्पर पुरस्कारस्वरुप पाउनेछन् । कार्यक्रममा अतिथिहरु बिशिष्ठ अभिनेता कृष्ण मल्ल र भुटानिज आर्टिष्ट म्युजिक एसोसिएसनका अध्यक्ष खेम रिजालले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
एसोसिएसन अमेरिका र ड्रुक इन्टरनेसनल सितारिओ कराँते अफ अमेरिकाको सहकार्यमा हुने प्रतिस्पर्धाको अडिसन जुन १, २०२३ मा सुरु हुनेछ । कार्यक्रमका संचालक, बरिष्ठ संचारकर्मी अभिनेता तथा निर्देशक दिनेश डिसीले पुष्पको यो कदमको सबैले साथ दिनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा गीतकार संघका उपाध्यक्ष बसन्त बित्यासी थापा, समाजसेवी तथा निर्माण ब्यबसायी प्रकाश कुमार श्रेष्ठ लगायत अन्य बिशिष्ठ व्यक्तित्वहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


