Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

बेलकोटगढीका सडकमा दसैँअगावै गाडी चल्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, ४
बेलकोटगढीका सडकमा दसैँअगावै गाडी चल्ने

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेका सडकमा दसैँअगावै गाडी सञ्चालन हुने गरेर मर्मतसम्भार गरिने भएको छ ।

बर्खायामको बाढीले क्षति पु¥याएसँगै अवरुद्ध भएका सडक दसैँअघि नै मर्मतसम्भार गर्न बजेट विनियोजन गरिएको छ । पालिकाभित्र रहेका अधिकांश सडक बर्खायाममा क्षति पुगेर अवरुद्ध बनेकाले दसैँअघि नै सञ्चालन गर्न बजेट विनियोजन गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार यही सातादेखि काम सुरु गर्न नगरमा रहेका १३ वटै वडालाई रु सात लाख दरले बजेट उपलब्ध गराइएको छ । “अहिले उपलब्ध गराइएको बजेट पर्याप्त नभए पनि काम सुरु गर्न सहज बनाएका हौँ”, नगरप्रमुख गुरुङले भने, “आवश्यकताका आधारमा बजेट अपुग भएको स्थानमा नगरले ‘विशेष सम्बोधन’ गर्नेछ ।”

स्काभेटर ९हेभी उपकरण० प्रयोग गरेर विस्तार गरिएका सडक अधिकांश जेठको अन्तिम साता परेको अविरल वर्षात्पछि अवरुद्ध छन् ।

विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० र प्राविधिक सर्वेक्षण नगरी उपभोक्ता समितिमार्फत विस्तार गरिएका सडकलाई दिगो बनाउन अब नगरले नेतृत्व लिने उपप्रमुख शिवप्रसाद दाहालले बताए ।

कानुनअनुसार उपप्रमुख अनुगमन समितिको संयोजकसमेत हुने भएकाले दसैँअगावै सञ्चालन गर्न लागिएका सडकमा ढल, नालीको व्यवस्था, आवश्यकताअनुसार स्तरोन्नति, दायाँबायाँ संरक्षण ९टेवा वाल० दिएर विस्तार गरिएका सडकलाई टिकाउ बनाउन जोड दिने उपप्रमुख दाहालको योजना छ ।

बेलकोटगढी नगरपालिकाले अहिले प्रत्येक वडालाई रु सात लाखको दरले छुटयाएको बजेटले वडास्तरीय उपभोक्ता समिति बनाएर उपलब्ध भएसम्म श्रमिक र त्यो सम्भव नभएमा तथा ठूलो अवरोध हटाउन उपकरण प्रयोग गरेर जतिसक्दो चाडो काम गर्न जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिए ।

साविकको छ गाविस मिलेर बेलकोटगढीकोे संरचना बनेको छ । नगरपालिकाको क्षेत्रफल एक सय ५५ दशमलव ६ वर्ग किमीमा फैलिएकाले विकासको पूर्वाधार विस्तार एवं निर्माणमा विभिन्न चुनौती छ । पर्याप्त सम्भावनाको आशा लिएर विकासका अवरोधको सामना गरेर नगरपालिका अघि बढिरहेका प्रमुख प्रशासकीय अधिकृत पण्डितको भनाइ छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स