Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

हत्या गरेको अवस्थामा महिलाको शव भेटियो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, ६

काठमाडौं । कैलालीमा फेरी एक महिलाको शव फेला परेको छ । गौरीगंगा नगरपालिका–५ की ललिता नामजाली मगरको हत्या गरिएको अवस्थामा बिहीवार शव फेला परेको प्रहरीले जनाएको छ ।

ललिताको किशारी छोरी समेत घाइते अवस्थामा फेला परेकी छिन् । प्रहरीको अनुसार घाँटीमा चोट लागेको छोरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

भारतमा काम गर्दै आएका ललिताका श्रीमान शेरबहादुर फरार छन् । उनले नै हत्या गरेर फरार भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बुधबार पनि कैलालीको छुट्टाछुट्टै स्थानमा दुई शव फेला परेको थियो ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स