अनन्या पाण्डेले दुई प्रेमीसँग एकैपटक डेट गरेको खुलासा
एजेन्सी । महिप कपूर र गौरी खान करण जोहरको लोकप्रिय च्याट शो कफी विथ करणको १२ औं एपिसोडमा देखा परेका थिए । कार्यक्रममा कुराकानीका क्रममा करणले अनन्या पाण्डेले दुई जना केटालाई डेट गरेको खुलासा गरेका थिए । अनन्याकी आमा भावनाले यसबारे प्रतिक्रिया दिँदै स्पष्टीकरण दिएकी छिन् । अनन्याले केही महिनाअघि आफ्ना प्रेमी इशान खट्टरसँग ब्रेकअप गरेकी थिइन् ।
च्याट शोमा ¥यापिड फायरको समयमा, करणले गौरीलाई आफ्नी छोरी सुहानाको लागि के डेटिङ सल्लाह दिन चाहनुहुन्छ भनेर सोध्छन् । यसको जवाफमा गौरीले भनिन्, ‘दुई केटालाई सँगै डेट नगर्नु । “धेरै राम्रो सल्लाह,“ करण भन्छन्।
भावनालाई हेर्दै करण भन्छन्, “मलाई लाग्छ अनन्याले दुई जना केटालाई डेट गरिसकेकी छिन्। “भावनाले स्तब्ध हुँदै सोधी, “के साँच्चै त्यसो गरेको होरु“ करणले भने, ‘हो, मलाई लाग्छ उनी दुई व्यक्तिको बीचमा थिइन् । भावनाले करणको कुरा स्पष्ट पार्दै भनिन्, “होइन, त्यो होइन, उनी दुई जनाको बारेमा सोचिरहेकी थिइन्, त्यसैले पहिलोसँग ब्रेकअप गरिन्।“
करण जोहरको शोको ७ औँ एपिसोडमा अनन्या पाण्डे र विजय देवरकोंडा अतिथिको रुपमा आइपुगेकी थिइन् । च्याट शोमा उनीहरुले लिगरको सुटिङका क्रममा अनन्या र विजय कस्तो डेटमा गए भन्ने चर्चा गरिरहेका थिए । करणले अनन्यालाई सोधेका थिए, ‘तिमी विजयसँग डेटमा गयौ, त्यो बेला इशानलाई डेट गरिरहनुभएको थियो रु विजय र अनन्या दुवैले यो ’फ्रेन्डली डेट’ भएको बताए। करणले पछि अनन्याले इशान खट्टरलाई डेट गरेको कुरा पुष्टि गरे।
अनन्याले भनिन्, ’म सिंगल छु, मलाई कसैले सोध्दैन तर म सिंगल छु।’ करणले भनेका थिए, ‘तिमी इशानलाई डेट गर्दै थियौ, त्यसपछि ब्रेकअप भयो ।’
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


