Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

काठमाडौंमा ६० हजार खसीबोका बिक्री हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, ८
काठमाडौंमा ६० हजार खसीबोका बिक्री हुने

काठमाडौं । यस वर्ष काठमाडौं उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ। दसैँमा निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गर्न लागेका हुन्।

घटस्थापनाको दिनदेखि उपत्यकामा व्यवसायीले खसीबोका ल्याएर बिक्री खुला गर्ने तयारी गरेका छन्। पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत एवं प्रवक्ता डा चन्द्र ढकालले यो वर्ष कोरोना महामारी सामान्य भएका कारण अघिल्लो वर्षको तुलनामा बजारमा माग बढ्ने अनुमान गरिएको जानकारी दिए।

यस पटक दसैँमा उपत्यकामा ५० हजारदेखि ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको उनले बताए। गोरखापत्र दैनिकबाट

naima expoTop Changing Nepal

युट्युब सट्स