ओली आफ्ना विरोधीको पनि घोर विरोधी खोज्दै ‘आइरन कट आइरन’ को रणनीतिमा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा लामो योगदान दिएकालाई पन्छाएर नवप्रवेशीलाई चुनावमा टिकट वितरण गरेमा आश्चर्य नमाने हुन्छ । सत्ता गठबन्धन विरोधीहरुलाई पनि बालकोट बोलाएर ओलीले गोप्य सम्झौताहरु गर्न थालेका छन् ।
चुनावमा गठबन्धन एक भएर जाँदा एमालेलाई धक्का पुग्नसक्ने रिपोर्ट बालकोट पुगेपछि ओलीले छानी छानी गठबन्धनलाई धक्का दिन सक्नेलाई भेट्न थालेका छन् । उनले कतिपयलाई पार्टीमा भित्राइसकेका छन् । नभित्रिएकाहरुलाई पनि चुनवमा सहयोग गर्ने आश्वासन दिइरहेका छन् ।
नेकपा फुट्दा ओलीले लामो समय प्रचण्डनिकट मानिएका बादल, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई आफ्नो पक्षमा ताने । उनीहरुले खुलेरै प्रचण्डविरुद्ध बोले ।
रवीन्द्र मिश्रलाई भेटेर ओलीले एक मुठ्ठी सिक्का दिएर गजबकै सन्देश दिए । पहिलो सन्देश मिश्र आफूसँग माग्न आएकाले भीक्षा दिएको जस्तो देखाइदिए र दोस्रो आफ्नो कारण चुच्चे नक्शा बनेको प्रचार गराउन खोजे । उनले मिश्रलाई पनि चुनावमा साथ दिने आश्वासन दिएर पठाए ।
पछिल्लो समय ओलीले अझै प्रचण्डसँग रहेका नेताहरु तान्न खोजिरहेका छन् । उनले माधव नेपालनिकट रहेका केहीलाई पनि तानिसके । विगतमा माधव नेपालनिकट रहेका गोकर्ण बिष्ट, रघुजी पन्त, योगेश भट्टराईलगायतलाई ओलीले पक्षमा ल्याउन सके । अहिलेपनि नेपालनिकटहरुलाई तान्ने रणनीतिमा ओलीको सक्रियता देखिन्छ ।
जसपाका कतिपय नेता कार्यकर्तालाई ओलीले पार्टीमा धमाधम तानिरहेका छन् । उनीहरुका कारण उपेन्द्र यादवलाई धक्का लाग्ने देखिदैछ ।
पछिल्लो समय ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाका विरोधी काँग्रेस नेता तथा कार्यकर्ताहरु खोज्न थालेका छन् । काँग्रेस छाडेका विद्रोहीहरु पनि खोजी खोजी भेटिरहेका छन् । लामो समय देउवानिकट रहेका कर्ण मल्लले काँग्रेसबाट निष्काशित भएपछि काँग्रेस वीपीमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन् । उनीसँग ओलीले बालकोटमा शुक्रबार साँझ अढाई घन्टा कुराकानी गरेपछि बालुवाटारको कान ठाडो भएको छ । मल्ल देउवाविरुद्ध डडेलधुराबाट चुनाव लड्ने तयारीमा छन् ।
काँग्रेसबाट विद्रोह गरेका चितवन, रौतहट, काठमाडौं र ललितपुरका कतिपय नेता कार्यकर्तालाई ओलीले सम्पर्क गरेर आइरन कट आइरनको रणनीति बनाउन थालेका छन् । यसले चुनावमा धेरै एमाले नेता कार्यकर्ता टिकटबाट वञ्चित हुनुपर्ने सम्भावना बढ्न थालेको छ । अर्कोतर्फ, विद्रोह गरेकाहरुले बाजी मार्ने सम्भावना पनि बढेको छ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

