पुटिनले बर्खास्त गरे युक्रेन युद्धमा रुसी सैनिकका लागि अत्यावश्यक सामग्री व्यवस्थापन गर्ने उच्च अधिकारी
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा रुसी सैनिका लागि अत्यावश्यक सामग्री व्यवस्थापनको जिम्मेवारी पाएका उपरक्षामन्त्रीलाई बर्खास्त गरेका छन् । युक्रेनमा युद्धरत रुसी सैनिकका लागि खाद्यान्नसहित अत्यावश्यक सामग्रीको उचित व्यवस्थापन गर्न नसकेको भन्दै पुटिनले जनरल दिमित्री बुल्गाकोभलाई बर्खास्त गरेका हुन् ।
६७ वर्षका बुल्गाकोभलाई बर्खास्त गरिएको सम्बन्धी जानकारी रुसको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल टेलिग्राममार्फत् दिएको हो। उनलाई नयाँ जिम्मेवारी दिइने बताइएको छ । बुल्गाकोभको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ नियुक्त हुनेछन्। मिखाइलले मासिपोलमा कब्जा गर्ने अभियानको नेतृत्व गरेका थिए ।
बर्खास्त भएका जनरल बुल्गाकोभले सन् २००८ देखि रुसी सैनिकको अत्यावश्यक सामग्री व्यवस्थापन सम्बन्धी जिम्मेवारी निर्वाह गर्दै आएका थिए । सन् २०१५ मा रुसी सैनिक सिरियामा तैनाथ हुँदा पनि आवश्यक सामग्री व्यवस्थापनको जिम्मा उनले नै पाएका थिए ।
तर पछिल्ला केही महिनादेखि मस्कोमा उनी किनारा लगाइएका थिए। युक्रेनमा रुसी सैनिकका लागि आवश्यक सामग्री पर्याप्त मात्रामा नपुग्नुको दोष बुल्गाकोभमाथि लगाइँदै आएको छ ।
सामग्रीको अभावमा रुसी सैनिक कब्जामा लिएको क्षेत्रबाट पनि पछि हट्न बाध्य भएका थिए ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


