भूकम्पबाट क्षति पुगेका ७ हजार सामुदायिक विद्यालय पुनर्निर्माण
काठमाडौं । सरकारले भूकम्पबाट क्षति पुगेका ७ हजार बढी समुदायिक विद्यालयको पुनर्निर्माण गरेको छ । गत २०७२ सालको भूकम्पबाट क्षति पुगेका विद्यालयमध्ये सरकारले ७ हजार २ सय ७२ वटा विद्यालयका निर्माण सम्पन्न गरेको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत एक वर्षमा सामुदायिक विद्यालयमा करिब ६ हजार कक्षाकोठा निर्माण गरेको जनाएको छ । मन्त्रालयले गत २०७२ सालको भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ८३ ओटा विद्यालयमध्ये गत आर्थिक वर्षमा थप ६ सय ६१ वटा विद्यालयको निर्माण कार्य सम्पन्न गरेको हो । योसँगै हालसम्म ७ हजार २ सय ७२ वटा विद्यालयका निर्माण सम्पन्न भएका हुन् ।
शिक्षा मन्त्रालयले आर्थिक वर्ष २०७८र७९ मा ५ हजार ९ सय ८० वटा सामुदायिक विद्यालयका कक्षाकोठा निर्माण भएको जनाएको छ ।मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा २ हजार १ सय ८१ विद्यालयमा डिजिटल पुस्तकालय तथा आईटी ल्याबको व्यवस्थापन गरिएको जनाएको छ ।
यस्तै, १ हजार १२ वटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको छ ।
शिक्षा मन्त्रालयले शिक्षक अस्पताल निर्माणको कामसमेत अघि बढाएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको र अहिले चितवन जिल्लामा अस्पताल निर्माण गर्न जग्गा प्राप्तिको काम भइरहेको बताए ।
मन्त्री पौडेलले १० वर्षमा ११ प्रतिशत शिक्षण सिकाइमा प्रगति भएको जानकारी दिए । त्यस्तै, गत आर्थिक वर्षमा १ लाख १३ हजार विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि सहमतिपत्र उपलब्ध गराइएको र ९१ जना विद्यार्थीलाई प्राविधिक विषयको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । राजधानी दैनिकबा
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


