Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, १०
न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारी साधन यात्रुवाहक, मालवाहक, निजी तथा दुईपाङ्ग्रेसमेत लाई मिति तोकेर प्रवेश निषेध गरेको छ ।

कार्यालयले एक सूचना जारी गरी असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फुलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्मका लागि डाइभर्सन गरी खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ ।

प्रहरीले तोकिएको मिति र समयमा सवारी साधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारी चालक तथा सवारीधनीमा अनुरोध गरेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स