सन्दीपलाई पक्राउ गर्न १ सय ९५ देशका प्रहरी सक्रिय
काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल०ले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको आग्रहअनुसार इन्टरपोलले लामिछानेविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको हो । नोटिस जारीपछि इन्टरपोल सदस्य रहेका राष्ट्रबाट उनलाई पक्राउ गर्न सहज हुनेछ । इन्टरपोलमा १ सय ९५ देश आबद्ध छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले लामिछानेविरुद्ध इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी भएको जानकारी दिए । ‘लामिछानेमाथिको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेकै छ, उनी विदेशमा रहेका कारण प्रहरीको आग्रहमा इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएको हो,’ केन्द्रीय प्रहरी प्रवक्ता राईले भने ।
लामिछानेले आइतबार साँझ मात्रै सामाजिक सञ्जालमार्फत ‘आफू अस्वस्थ भएका कारण आइसोलेसनमा रहेको’ बताएका थिए । उनले पछिल्लो घटनाक्रमले ‘आफू शारीरिक र मानसिक रूपमा विक्षिप्त भएकाले उपचाररत रहेको र केही समयमै नेपाल फर्किएर बलात्कारविरुद्धको मुद्दाको प्रतिवाद गर्ने’ बताएका छन् ।
इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी भएपछि ती सदस्य देशका प्रहरीले लामिछानेको खोजी गर्न बाटो पाएका छन् भने उनलाई भेटेमा पक्राउ गरी स्वदेश पठाउन सहज हुनेछ ।
यसअघि, लामिछानेलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी पाइसकेको छ । तर, प्रहरीले विदेशमा रहेका लामिछानेलाई पक्राउ गर्न असहज भएपछि इन्टरपोलमार्फत प्रक्रिया अघि बढाएको हो ।
लामिछोनेविरुद्ध १७ वर्षीया नाबालिग किशोरीले गौशाला प्रहरी वृत्तमा गत ५ भदौ राति बलात्कार गरेको भन्दै २१ भदौमा प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले घटना अनुसन्धान थालेको थियो ।
प्रहरीले जिल्ला अदालत काठमाडौंबाट लामिछानेलाई पक्राउ गर्न अनुमतिसमेत लिएको थियो भने देशका सीमा नाका र अन्तर्राष्टिय विमानस्थल तथा अध्यागमन कार्यालयलाई समेत प्रहरीले लामिछानेमाथि निगरानी राख्न भनेको थियो ।
प्रहरीले नेपाल फर्किएको अवस्थामा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गर्नेगरी समेत तयारीमा बसेको थियो । यसका लागि काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसँगसमेत समन्वय गर्दै आइरहेको थियो । उनी स्थलमार्गबाट आए भने पनि जुनसुकै स्थानमा पक्राउ गर्ने गरी प्रहरीले तयारी गरिरहेको थियो । राजधानी दैनिकबाट
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


