फेरिए ५२ हाते लिङ्गा
काठमाडौँ । कर्णाली क्षेत्रको ऐतिहासिक प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा ध्वजापताकासहित ५२ हातका नयाँ लिङ्गा गाडिएका छन्। हरेक वर्ष घटस्थापनाका दिन लिङ्गा फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गा फेरिएका हुन् । मन्दिरमा लिङ्गा ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन्।
स्थानीय संस्कृतिका जानकार रमानन्द आचार्यका अनुसार चन्दननाथ भैरवनाथ मन्दिरमा परापूर्वकालदेखि नै चन्दननाथ र भैरवनाथ मन्दिरमा विजय स्तम्भसहित चार पुराना लिङ्गा र विजय स्तम्भ झिकेर नयाँ खडा गर्ने गरिएको हो ।
चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापनका सचिव जितबहादुर महतका अनुसार जुम्ला सदरमुकाममा रहेको ऐतिहासिक मन्दिरमा ५२ हाते लिङ्गा र ५२ हाते ध्वजासहित नयाँ लिङ्गा फेरिने चलनअनुसार लिङ्गा फेरिएका हुन् । चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अनुसार प्रसिद्ध मन्दिरमा हप्ताको एक पटक ठूलो पूजा गरिने प्रचलन छ। यसमा पनि ५२ हप्ता हुने भएका कारण ५२ हाते ध्वजासहित ५२ हाते लिङ्गा खडा गरी घटस्थापना गर्ने चलन छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


