पहाडी क्षेत्रको प्रवेशद्वारः दलदले–कुमसोत सडक दुई लेनमा विस्तार गरिँदै
काठमाडौँ । नवलपुरको पहाडी क्षेत्र प्रवेशद्वारका रूपमा मानिने दलदले–मुण्ड–कुमसोत सडक दुई लेनमा विस्तार हुने भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने गाउँपालिकालाई सदरमुकामसँग जोड्ने मुख्य नाकाका रूपमा लिइने यस खण्डलाई दुई लेनमा विस्तार गर्न लागिएको हो ।
पहाडी क्षेत्रको बुलिङटार, बौदीकाली गाउँपालिका र हुप्सेकोट गाउँपालिकाको केही क्षेत्रका बासिन्दा सदरमुकाम आउने मुख्य बाटोका रूपमा रहेको दलदले–कुमसोत सडकखण्डलाई फराकिलो बनाउन लागिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताए । नवलपुरसहित पाल्पा र तनहुँका कालीगण्डकी नदी आसपासका क्षेत्रका लागि समेत यही बाटो हुँदै यातायात सञ्चालन हुने गर्दछन् ।
पहाडी क्षेत्रबाट आवतजावत गर्ने मुख्य बाटो भए पनि साँघुरो हुँदा समस्या पर्दै आएकाले यसको विस्तारको काम हुनलागेको नगरप्रमुख न्यौपानेले बताए। “यो पहाडी क्षेत्रको आवतजावत गर्ने मुख्य बाटो हो, तर साँघुरो हुँदा सवारी सञ्चालनमा कठिनाइ छ” नगरप्रमुख न्यौपानेले भन्नुभयो, “कम्तीमा दुई लेनको बनाएपछि यातायात सञ्चालनमा सहजता हुने छ ।”
पहाडी क्षेत्र मुख्य प्रवेशद्वारसँगै पछिल्लो समय पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गरेको देवचुलीको कुमसोतका कारण यस खण्डमा सवारी चाप बढ्दै गएको छ । बाटो दुई लेनमा विस्तारले दुर्घटना न्यूनीकरणका लागि समेत सहयोग पुग्ने नगरप्रमुख न्यौपानेले बताए ।
दलदले–मुण्डे हुँदै कुमसोतसम्मको करिब १० किलोमिटर सडकखण्डलाई दुई लेनमा विस्तार गर्न लागिएको हो । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत करिब १० किलोमिटर सडकखण्ड विस्तारको काम अघि बढाउन लागिएको हो । बाटो विस्तारका क्रम सुरु गर्न लागिएकाले बाटोको अधिकार क्षेत्रभित्रका संरचना हटाउन नगरपालिकाले सूचनासमेत जारी गरेको छ ।
जिल्लास्तरीय सडकका रूपमा रहेको यस खण्ड विस्तारको काम अघि बढाउन लागिएकाले बाटो अधिकार क्षेत्रका संरचना हटाउन नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी आग्रह गरेको छ । सडक विस्तारका लागि बोलपत्र प्रक्रियामा गएकाले चाँडै काम सुरु हुने नगर प्रमुख न्यौपानेले बताए । दलदले–कुमसोत सडकखण्ड विस्तारका लागि हाल रु दुई करोड ५० लाख विनियोजन गरिएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


