नेप्से ०.३५ प्रतिशतले बढ्यो
काठमाडौं । नेपालीहरूको महान चाड विजया दशमी नजिकिँदै गर्दा कारोबार रकम भने अत्यन्तै तल झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६।४१ अंकले बढेर १८३७.४६ विन्दुमा पुगेको छ । नेप्से ०.३५ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.४५ अंकले बढेर ३५९.५९ विन्दुमा पुगेको छ ।
कूल २२१ वटा कम्पनीको १३ लाख ७० हजार ४ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ४८ करोड ५४ लाख ८ हजार ७ सय ६८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको सेयर घटेको छ भने बाँकी ९ वटा उपसमूहको सेयर बढेको छ ।
बुधबार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ । संस्थाको संस्थापक सेयरको ४ करोड ७५ लाख ९७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । आज मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ९.२० प्रतिशतले बढेर ३ सय ७४ रूपैयाँ पुगेको छ । यस दिन ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य १० प्रतिशतले घटेर ९ रूपैयाँमा झरेको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


