विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रोनोर्फिन १ सय एम्पुल सहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरी सुनौलो नगरपालिका–२ बस्ने २७ वर्षीय निर्मल कार्की छन्। उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बिर्तामोडबाट काठमाडौंतर्फ आउँदै गरेको ना।६ ख १५९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी काठमाडौं महानगरपालिका–१३ बाफलबाट नियन्त्रित लागूऔषध फेनारगन ९ सय एम्पुल, नोर्फिन ९ सय एम्पुल र डाइजेपाम ९ सय एम्पुल सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बारा कलैया नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने २२ वर्षीय रामेश्वर साह र सोही ठाउँ बस्ने २२ वर्षीय राज कुमार साह छन्।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। रौतहटको इशनाथ नगरपालिका–८ मनसरी टोलबाट करिब २५ किलो गाँजासहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत मोतिहारी बस्तपुर बस्ने २० वर्षीय दिपेन्द्र मुखिया र सितामढी किसानपुर बस्ने १९ वर्षीय अशोक कुमार दास रहेका छन्। प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूले उक्त गाँजा फाली मोटरसाइकल सहित फरार भएपछि उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो। फरार भएका उनीहरूको खोजी गर्ने क्रममा प्रहरी चौकी जयनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


