लघुबीमाको लाईसेन्सलाई ३१ वटा कम्पनीले दिए आवेदन
काठमाडौं । बीमा समितिले आवेदन माग गरेको लघुबीमाको लाईसेन्सको लागि ३१ वटा कम्पनीले आवेदन दिएका छन् । बीमा समितिले ३५ दिन भित्र आवेदन दिन भन्दै भदौ १० गते सूचना सार्वजनिक गरेको थियो। सोही अनुसार अन्तिम दिनसम्म ३१ वटा कम्पनीले आवेदन दिएका हुन् । बीमा समितिले ३ वटा जीवन र ४ वटा निर्जीवन गरि बढीमा ७ वटा लघुबीमा स्थापना गर्न आवेदन खुलाएको हो ।
३१ वटा कम्पनीहरू स् अल्फा माइक्रो इन्स्योरेन्स कम्पनी, स्वर्गधरी लघु जीवन बीमा कम्पनी, निओ लाइट माइक्रो जनरल इन्स्योरेन्स कम्पनी, सुरक्षा लघु जीवन बीमा कम्पनी, उन्नति माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, स्वदेशी लघु जीवन बीमा कम्पनी, हिम शिखर जीवन लघु बीमा कम्पनी, उन्नति माइक्रो जनरल इन्स्योरेन्स कम्पनी, जानकी जीवन लघुबीमा कम्पनी, अभियान लघुबीमा कम्पनी, मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, केयर माइक्रो जनरल इन्स्योरेन्स लिमिटेड, मुक्तिनाथ माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, श्री शक्ति लघु जीवन बीमा कम्पनी, गरिमा माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, कर्णाली माइक्रो इन्स्योरेन्स कम्पनी, लिबर्टी माइक्रो लाइफ कम्पनी, गरिमा माइक्रो जनरल इन्स्योरेन्स कम्पनी, एभरेष्ट माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, सिजी लाइफ इन्स्योर माइक्रो इन्स्योरेन्स, एक्सप्रेस माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो लाइफ इन्स्योरेन्स, सिजी इन्स्योर माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स र गण्डकी माइक्रो इन्स्योरेन्स रहेका छन् ।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


