साझाका ३७ बिजुली बस चीनबाट नेपालका लागि गुडे, तातोपानी नाका हुँदै नेपाल भित्रने
काठमाडौँ । साझाका ३७ विद्युतीय बस नेपालकोलागि चीनबाट गुडेका छन्। साझाले टेन्डर मार्फत खरिद गरेका बस तातोपानी नाका हुँदै भित्रन थालेका हुन् । परिक्षणको रुपमा नेपाल भित्रिएका साझाका ३ वटा विद्युतीय बस काठमाडौंमा सञ्चालन रहेका छन्। टेन्डर मार्फत खरिद गरेका ४० मध्ये बाँकी ३७ साझा यातायातले न्यान्जिङ्ग सहरबाट विद्युतीय बस भित्र्याउन थालेको छ।
गत असार २३ गतेबाट साझाले सुरुवाती परीक्षणको रुपमा ३ बस सञ्चालन गरेको थियो । ब्याट्रीबाट चल्ने बस प्रविधि नयाँ भएकोले साझा यातायातले तीन चरणमा विद्युतिय सवारी भित्र्याउने योजना बनाएको छ। पहिलो चरणमा अन्तराष्ट्रिय बोलपत्र आव्हान गरि ८.५ मिटर लम्बाइको ४० बस खरिद गरिएका छन्। जुन चिनको नानजिङ्ग शहर स्थित सिएचटिसी कम्पनीको उत्पादन हो ।
दोस्रो चरणमा १०.१२ मिटर लम्बाइको विद्युतिय शहरी बस तथा लामो दुरीको विद्युतिय बस खरिदको प्रकृया अगाडि बढिसकेको छ। साझा यातायातले विद्युतिय बस सञ्चालनका लागि गरेको प्रयासको पृष्ठभूमि यस प्रकारको छ ।
नेपाल सरकारले विजुली बस खरिद गर्न भनि साझा यातायात सहकारीमा २०७६ आषाढ ३१ मा ३ अर्ब लगानी गर्यो र साझा यातायातको विशेषज्ञ टोलीले तत्कालै अनुसन्धान थाल्यो। सो काम थालनीको २८ दिन नपुग्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सबै कार्य स्थगित गर्नु भन्ने पत्र आए पछि पुरै प्रकृया रोकियो।
१६ महिनाको अवधि पश्चात सरकारले साझा यातायातलाई २०७७ फागुन २ को मन्त्रालयको पत्र अनुसार अवरोध हटाए पछि विज्ञ टोलीले काम फेरी अगाडि बढायो र अन्तराष्ट्रिय बोलपत्रद्वारा खरिद प्रकृया सुरु भएको थियो।
सुरुवाती ३ बस २०७५ वैशाख दोस्रो हप्ता काठमाडौं भित्रिएपछि बागमती प्रदेश यातायात कार्यालयको विज्ञ टोलीले विस्तृत अध्ययन गरि २०७८ असार २ मा स्वीकृति पत्र प्रदान गरेको थियो।
साझा यातायात सञ्चालक समितिको २०७९ असार ७ गतेको निर्णय अनुसार बस स्वीकार गरी यातायात कार्यालयमा दर्ता भई नियमानुसार बाटो इजाजत लिई आज विद्युतिय बस सेवा सुरु गरेको छ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


