Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

एउटै च्यांग्राको मूल्य आधा लाख

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, १६
एउटै च्यांग्राको मूल्य आधा लाख

काठमाडौं । दसैंलाई लक्षित गरी काठमाडौंबाट च्यांग्रा ल्याउन मुस्ताङ पुगेका व्यवसायी पशुपति सिलवालले स्थानीय किसानको गोठबाटै किन्दा एउटालाई ४१ हजार रूपैयाँसम्म हाले।

डेढ दशकदेखि भेडाच्यांग्राको व्यापारमा लागेका सिलवालले यसपटक ३ सय च्यांग्रा खरिद गरे। उपल्लो मुस्ताङमा किसानको गोठमै पुगेर खरिद गर्दा गत वर्षभन्दा बढी मूल्य तिर्नुपरेको व्यापारी सिलवालले बताए। उनीसँगै मुस्ताङमा पुगेका पुस्कल सिलवालले पनि गोठबाट उपभोक्तासम्म पुग्दा एउटै च्यांग्राको मूल्य आधा लाख भेट्ने बताए। ‘यो दसैंमा पनि च्यांग्राको भाउ महँगिएको छ,’ व्यापारी सिलवालले भने, ‘च्यांग्रा महँगो भए पनि माग अत्यधिक छ।

भेडाको तुलनामा च्यांग्राको मासु स्वादिलो र धेरै खपत हुने भएकाले नियमित व्यापारीले पहिला नै बुकिङ गर्दा केही सस्तो पर्ने तर नयाँ व्यापारीले भन्ने महँगोमा किन्नुपर्ने उनले बताए। मुस्ताङका च्यांग्रालाई बेनी–जोमसोम सडकखण्ड हुँदै म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र बेनी बजारमा ल्याएर त्यहाँबाट ट्रकमा राखी काठमाडौंलगायतका बजारमा लगिन्छ।

बेनी बजारका खसी व्यापारी प्रकाश पौडेलले भेडा–च्यांग्राको मूल्य बढेपछि यसपटक कम किनेको बताए। ‘मुस्ताङ पुगेका केही व्यापारी रित्तै फर्किए’, उनले भने, ‘उपभोक्तालाई बिक्री गर्ने मूल्य मुस्ताङमै पर्छ।’ उनले यसपटक आफूले मुस्ताङबाट ९८ वटा भेडा–च्यांग्रा ल्याएको बताए। प्रतिकूल मौसमका कारण यसपटक केही भेडा–च्यांग्रा बाटोमै मरेकाले मर्कामा परेको पनि उनले बताए।

उपल्लो मुस्ताङका स्थानीय व्यापारीले भेडा–च्यांग्रा खरिद गरी बाहिरी जिल्लाबाट आउने व्यापारीलाई बिक्री गर्न थालेपछि मूल्य बढ्न थालेको बाहिरबाट गएका व्यापारी बताउँछन्।

naima expoTop Changing Nepal

युट्युब सट्स