परदेशी फर्किएपछि गाउँबस्तीमा रौनक
काठमाडौं । दैलेखका बिर्खबहादुर केसी दसैं मनाउन नेपालगन्जस्थित जमुनाह नाका हुँदै स्वदेश भित्रिए। केसी रोजगारीका लागि वैशाखमा भारत गएका थिए। दसैं मनाउन घर फर्किएका उनी जमुनाह नाकाबाट भित्रिएपछि खुसी देखिन्थे। दसैंमा घर परिवारका लागि सरसामानसँगै उनले खुसी पनि बोकेर ल्याएका छन्। उनीसँगै रहेका सल्यानका चिरञ्जीवी बुढा पनि प्रफुल्लित मुद्रामा थिए। यतिबेला जमुनाह नाकामा दसैंतिहार मनाउन घर फर्किने नेपालीको लर्को देखिन्छ।
घटस्थापना सुरु भएसँगै भारतबाट घर फर्किने नेपालीको संख्या बढ्दै गएको छ। गाउँघरमै रोजगारी नपाउँदा चैतमा भारत गएको बताउँदै सल्यानका बुढाले भने, ‘घरमा खाली बस्नुभन्दा रोजगारीका लागि चैतमा भारत गएको हुँ। अहिले दसैं मनाउन घर जाँदै छु।’
दसैंतिहार मनाएपछि पुनः भारत जाने उनी बताउँछन्। रोजगारीका लागि भारतका विभिन्न ठाउँमा पुगेका नेपाली घर फर्किन थालेपछि गाउँमा दसैंको उमंग छाएको छ।
भारतको कानपुरस्थित एक होटलमा चौकीदारी काम गर्ने रुकुम पश्चिमका खगबहादुर नेपालीले डेढ वर्षपछि बल्ल दसैं मान्न घर फर्किएको बताए। ‘घर फर्किने खबर पठाएको थिएँ, खबर पाएर घरपरिवार पनि खुसी भएका छन्,’ उनले भने, ‘घरमा पुगेपछि त झन् कति खुसी होलान्।’ खुसीसाथ दसैं मनाउन घर फर्किएको उनले बताए। ‘खेतीपाती लगाएर रोजगारीका लागि भारत पस्छौं,’ दसैं मनाउन घर आएका रोल्पाका कृष्णमान पुनले भने, ‘पर्व मनाउन आउँछौं र मनाएर जान्छौं, फेरि खेतीपाती लगाउने बेला आउँछौं।’ भारतका दिल्ली, मुम्बई, महाराष्ट्र, पन्जाब, पुने, बैंग्लोर, सिमला, हरिद्वारलगायत सहरमा नेपाली रोजगारीका लागि जाने गरेका छन्।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


