ब्रान्डका नाममा शोषण
काठमाडौं । बजारमा खाने तेलका रूपमा उपभोक्ताको छनोटका लागि सनफ्लावर, तोरी र भटमासको तेल छन् । यिनीहरूका आ–आफ्नै ब्रान्ड छन् र ब्राण्डअनुसार मूल्य पनि फरक फरक छ ।
सनफ्लावर, तोरी र भटमासको तेल सबै खाने तेल हुन् र प्रतिस्थापन्न वस्तु हुन् । रुचिअनुसार उपभोक्ताले सनफ्लावर, तोरी वा भटमास रोज्न सक्छन् तर यी खाने तेलका उद्योगपिच्छे फरक फरक ब्रान्ड छन् । फरक फरक ब्रान्ड र तिनको फरक फरक मूल्यले भने उपभोक्तालाई झुक्याइरहेको छ ।
मूल्यमा ठूलो अन्तर
धारा ब्रान्डको तोरीको तेलको मूल्य प्रतिलिटर ३७० रुर्पयाँ छ । तृप्ति तोरीको तेल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिलिटर २७५ रुपियाँमा बेचिरहेको छ । पतञ्जली तोरीको तेल र भुुटेको तोरीको तेल प्रतिलिटर चार सय रुपैयाँ छ ।
ब्रान्ड त खालि उद्योग चिनिने एउटा माध्यम मात्रै हो । बढी आकर्षक विज्ञापन नगरिएका तर खाद्य विभागबाट स्वीकृति लिएर सञ्चालन भएका सबै तेल गुुणस्तरीय छन् ।
यसैगरी सनफ्लावर तेलको प्रतिलिटर मूल्य सीजीको २८५ रुर्पयाँ, सनफ्लो तेल २९० रुपैयाँ र धारा हेल्थ ३३०÷३३५ रुपैयाँमा खुद्रा बिक्री हुन्छ । सीजीको भटमास तेल प्रतिलिटर २४० रुपैयाँमा कारोबार भएको छ ।
अप्रशोधित तेल उत्तम
खाने तेल उत्पादक÷उद्योगले उपभोक्ता आकर्षित गर्न आफ्नो ब्रान्डको प्रचारप्रसार गरिरहेका हुन्छन् । ‘कोलेस्ट्रोल फ्री’, ‘मुटु बलियो बनाउँछ’ जस्ता सन्देशले उपभोक्तालाई आकर्षण गरिरहेको हुन्छ । बजारमा आकर्षक बोतल, पाउचमा बेच्न राखिएका धेरैजसो तेल प्रशोधित हुन् । शुद्ध तेलमा कुनै पनि रसायन नमिसाइने भएकाले चिकित्सक यसलाई स्वास्थ्यवद्र्धक मान्छन् । प्रशोधित तेलमा ओमेगा–६ नामक रसायन हुने भएकाले मानव स्वास्थ्यका लागि त्यति राम्रो नहुने विज्ञको भनाइ छ ।
त्यसैले खाने तेलको छनोट गर्दा प्रशोधितभन्दा अप्रशोधित शुद्ध तेल नै उत्तम हुने सल्लाह चिकित्सकले दिने गरेका छन् ।
ब्रान्ड र मूल्य होइन, गुणस्तर
खाद्य प्रविधि तथा गुुणस्तर विभागले भने खाने तेल होस् वा अन्य सामानको ब्रान्डले गर्दा उच्च गुणस्तरको भएर महँगो हुने र ब्रान्ड नभइसकेको सामानको मूल्य कम हुँदैमा गुुणस्तरहीन हुने दाबी गर्छ । विभागका निर्देशक मोहनकृष्ण महर्जनले खाने तेल उत्पादनका लागि पालना गर्नुुपर्ने न्यूनतम मापदण्ड पालना गरेका सबै तेल गुुणस्तरीय वा खानयोग्य हुने बताए ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


