फुटबल स्टेडियममा भागदौड मच्चिँदा १२७ जनाको मृत्यु
काठमाडौं । इन्डोनेसियाको एक फुटबल खेलमा भागदौड मच्चिँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ।
अधिकारीहरुले दिएको जानकारीअनुसार प्रहरीले समर्थकमाथि अश्रुग्यास प्रहार गरेपछि भागदौड मच्चिएको हो। यो घटनामा परी थप १८० मानिस घाइते भएका छन्।
शनिबार पूर्वी जाभास्थित फुटबल स्टेडियममा भएको खेलमा पेर्सेबाया सुराबायासँग अरेमा फुटबल क्लब पराजित भएसँगै समर्थकहरुबीच झडप भएको थियो।
उक्त झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले समर्थकमाथि अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि मच्चिएको भागदौडमा परी कम्तीमा १२७ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।
सार्वजनिक भएको भिडियोमा खेल सकिनुभन्दा अगाडि नै मानिसहरु मैदानतर्फ दौडिरहेको देख्न सकिन्छ। मृत्यु हुनेमा दुईजना प्रहरी अधिकारी पनि रहेका छन्।
इन्डोनेसियाली फुटबल संघले घटनाबारे छानबिन हुने बताएको छ। यससँगै इन्डोनेसियाको शीर्ष लिग बीआरआई लिग वान एक साताको लागि स्थगित भएको छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


