गौ संरक्षणको लागि खजुरामाता मन्दिर क्षेत्रको जंगलमा गौशाला व्यवस्थापन गर्छौं स् स्वतन्त्र उम्मेदवार ‘खनाल – रौनियार’
काठमाडौँ । बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल र बाँके कै क्षेत्र नं. २ प्रदेश सभा सदस्य पदका उम्मेदवार राजकुमार रौनियारले निर्वाचनमा बहुमत प्राप्त गरेर विजयी भए लगत्तै गौ संरक्षण एवमं छाडा चौपाया व्यवस्थापन गर्ने बताएका छन ।
स्वतन्त्र उम्मेदवार खनालले डुडुवा गाँउपालिका स्थित कम्दी नजिकै रहेको खजुरा माता मन्दिर क्षेत्र वरिपरीको जंगललाई सदुपयोग गरेर त्यहाँ गौशाला निर्माण गर्ने बताएका छन ।
खनालले विस्तृतमा भने, ‘गौ संरक्षणको लागि स्थानियहरु संग सहकार्य गरी कम्दी स्थित खजुरा माता मन्दिर क्षेत्र वरिपरीको ५ कि।मि। जंगलमा तारबार गरेर गौशाला व्यवस्थापन गर्ने मेरो प्रतिबद्धता हो ।’ जंगल नजिकै खोला पनि छ जसका कारण पानी र घाँसमा कुनै कमि नहुने बताएका छन ।
नेपालगञ्ज शहर भित्र अत्याधिक मात्रामा रहेका छाडा चौपायाका कारण दैनिक जसो दुर्घटना हुने गरेका छन । बिभिन्न सडक खण्डमा छाडा चौपायाहरु बाटो काट्ने क्रममा मोटरगाडी संग ठोक्किएर घाइते हुन्छन । प्रायतः जाडोको महिनामा तुवालो लागेको बेलामा सवारी साधनमा छाडा चौपाया ठोक्किएर जनावरका साथै मानविय क्षति हुने गरेका छन ।
जाडो महिनामा बजार तथा राजमार्गमा राति छाडा चौपाया बसेका कारण ठाँउ ठाँउमा दुर्घटनाबाट घाइते र ज्यान गएको बिभिन्न समाचार आइरहेको हुन्छ ।
गौ संरक्षणका लागि गौशाला व्यवस्थापन गर्ने सम्बन्धमा स्वतन्त्र उम्मेदवार रौनियारले भने, ‘प्रत्येक हिन्दूका लागि गाई माताको रुप हुन र आफ्नो आमाको संरक्षण गर्न सक्नुपर्छ । अझै तः हामीले हिन्दूत्वकै नारा बोकेका छौं ।’
नेपालगञ्ज उपमहानगरपालिकाले विगतमा छाडा व्यवस्थापन गर्न खोजेको भए पनि दीर्घकालीन योजना नभएको तथा अपुग व्यवस्थापन कै कारण बिभिन्न कालखण्डमा विवादमा आउने गरेको छ ।
दुवै उम्मेदवारले हिन्दूत्वको एजेण्डा उठाएकै कारण गाँउ शहरबाट उनलाई भारी मात्रामा हिन्दूवादीले साथ र सहयोग गर्ने वचन दिदै आएका छन ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


