दाङमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका २ जनाको मृत्यु
जानकारी केन्द्र
२०७९, आश्विन, २२
काठमाडौँ । दाङको देउखुरी क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन् । उनीहरु सशस्त्र प्रहरीका जवानहरु हुन् ।
बाढीपीडितको उद्धारमा खटिएका उनीहरू लु ४० प ४९२२ नम्बरको मोटरसाइकल चढेर लमहीबाट भालुबाङस्थित कार्यालय फर्किने क्रममा गएराति राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटनामा परेका थिए । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव निरीक्षक राजनकुमार गौतमले बताए ।
मृत्यु हुने दुवै जना सशस्त्र प्रहरीका जवान रहेको सशस्त्र प्रहरी बल २९ नम्बर गण भालुबाङका एसपी विनोद केसीले जानकारी दिए ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

