Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

पूर्व – पश्चिम राजमार्गको दाङ खण्ड खुल्यो, घोराही – लमही सडक पुनः अवरुद्ध

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २२
पूर्व – पश्चिम राजमार्गको दाङ खण्ड खुल्यो, घोराही – लमही सडक पुनः अवरुद्ध

काठमाडौँ । दाङको लमही–घोराही सडकखण्ड पहिरोले पुनः अवरुद्ध भएको छ । गएराति खुलाइएको सडकमा पुनः पहिरो खसेपछि सवारी आउ – जाउ बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए । गौतमका अनुसार शनिबार बिहानबाटै पहिरो हटाउने काम सुरु भएको छ ।

उक्त सडकखण्डको मुसोटमा शुक्रबार मध्याह्न करिब १२ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक राति १० बजेमात्र खुलाइएको थियो । त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ–बुटवल सडक खण्डमा खसेको पहिरो भने हटाइएको छ । शुक्रबार बिहानदेखि पहिरोले अवरुद्ध सडक करिब २४ घण्टापछि खुलेको हो ।

दाङको गढवा गाउँपालिका–१ को धोद्रे र जुरेनीमा पहिरो खसेपछि शुक्रबार बिहानैदेखि सयौं सवारी साधन जाममा परेका थिए । पहिरो हटेसँगै ती सवारी साधन गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स