काठमाडौं २ मा माओवादीबाट ओनसरी घर्तीमगर चुनाव लड्ने
काठमाडौँ । काठमाडौं २ बाट पूर्वसभामुख ओनसरी घर्ती मगर उम्मेदवार बन्ने भएकी छन् । उक्त क्षेत्र निर्वाचन सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । स्थायी कमिटी सदस्य घर्तीलाई माओवादी केन्द्रले काठमाडौं २ मा उम्मेदवार बनाउने भएको हो ।
गठबन्धनमा काठमाडौं २ एकीकृत समाजवादीको भागमा पर्ने चर्चा हुँदा निर्वाचन नलड्ने मुड बनाएकी घर्ती यो क्षेत्र माओवादीको भागमा परेपछि उम्मेदवार बनेकी हुन् । अध्यक्ष प्रचण्डलाई भने उनले समानुपातिकमा नबस्ने तर, प्रत्यक्षमा चुनाव लड्ने बताएकी थिइन् ।
२०७० को निर्वाचनमा रोल्पा २ बाट निर्वाचित भएकी घर्ती त्यसपछि उपसभामुख र २०७२ मा सभामुख भएकी थिइन् । २०७४ मा उनी समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । अन्तरिम संसद र पहिलो संविधानसभामा सांसद रहेकी घर्ती त्यसबेला खेलकुद मन्त्री बनेकी थिइन् ।
जनयुद्धको समयमा माओवादी जनसेना र पार्टीको इन्चार्ज भएर उनले सोलुखुम्बु, काभ्रे र ललितपुरसहितका पूर्वी जिल्लामा समेत काम गरेकी थिइन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


