सत्यमोहन जोशीको अवस्था गम्भीर
जानकारी केन्द्र
२०७९, आश्विन, २४
काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ललितपुरको किष्ट अस्पतालमा उनको उपचार जारी रहेको हो।
असोज ६ गतेदेखि सोही अस्पतालमा उपचाररत जोशीमा डेंगु संक्रमण पुष्टि भएको थियो । विभिन्न रोगबाट समेत ग्रसित उनलाई हाल डेंगुले गलाएको र खाना खान मन नगर्दा समस्या भएको अस्पतालका अधिकारी अमिस पाठकले जानकारी दिए । पछिल्लो ३–४ दिनदेखि उनलाई खानामा बिल्कुलै अरुचि हुने तथा खुलेर संवाद गर्न नसक्ने भएको पाठकको भनाइ छ ।
अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जोशीको स्वास्थ्यमा उल्लेखनीय प्रगति नभएको र युरिन इन्फेक्सन तथा छातीमा निमोनियाका कारण मल्मोनोलोजिस्ट तथा इन्टरनल मडिसिन विभागसँगको सल्लाहमा आइतबारदेखि आईसीयूमा राखेर उपचार भइरहेको बताए ।
किष्ट अस्पतालले जोशीको स्वास्थ्य उपचारमा निरन्तर सहयोग गर्दै आएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


