मलामी गएका १३ जना पहिरोसँगै बगेर बेपत्ता
काठमाडौँ । कालिकोटको तिलगुफा गाउँपालिका ४ मा मलामी गएका १३ जना पहिरोले बगाएर खोलामा बेपत्ता भएका छन् ।
आइतबार सोहि पालिकाको राचुलीमा मलामी गएका मध्ये १३ जना पहिरोमा पुरिएर बेपत्ता भएको कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रवक्ता तथा एसएसपी माधव श्रेष्ठले जानकारी दिएका छन् । ‘उहाँहरु मलामी जानुभाथ्यो । दाहसंस्कार गरिरहेका बेला माथिबाट पहिरो झरेर खोलामा बेपत्ता हुनुभएको छ ।’ प्रवक्ता श्रेष्ठले संसारन्युजसँग भने ।
श्रेष्ठले खोजी कार्यका लागि स्थानीय प्रहरी तथा विपद् व्यवस्थापन जुम्लाको टोली घटनास्थलमा पुगेको बताए । श्रेष्ठका अनुसार वर्षाका कारण धेरै ठाउँमा बाटो बन्द भएपछि उद्धारका लागि कठिनाई भएको छ । ‘गाँडीमा जान सकिदैन, पैदल जानुपर्छ । टावर पनि र्छैन फोन पनि गर्न मिलेको छैन ।’ श्रेष्ठले भने ।
सोहि गाउँमा वर्षाका कारण झण्डै १०० घर परिवार जोखिममा रहेको र स्थानीयले स्कुलमा आश्रय लिएर बसेका छन् ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


