अमिताभ बच्चन आज ८० औँ जन्मदिनमा उनकै फिल्मको फेस्टिभल
काठमाडौँ । अक्टोबर ११ मा ८० औं जन्मदिन मनाउन गइरहेका अमिताभ बच्चनको सम्मानमा भारतको फिल्म हेरिटेज फाउन्डेसनले फिल्म फेस्टिभल गर्ने भएको छ । फिल्म हेरिटेज फाउन्डेसनले अक्टोबर ८ देखि ११ सम्म अमिताभ बच्चन अभीनित फिल्म देखाउने भएको छ ।
४ दिनसम्म चल्ने फेस्टिभलमा पीभीआर सिनेमाको १७ स्थानमा रहेका २२ पर्दामा अमिताभले अभिनय गरेका ११ चर्चित फिल्म प्रदर्शन गरिने भएको छ । यसरी प्रदर्शन हुने फिल्ममा डन, कालापत्थर, कालिया, कभी कभी, अमर अकबर एन्थोनी, नमक हलाल, अभिमान, दिवार, मिली, सट्टे पे सट्टा र चुपके चुपके रहेका छन् ।
अभिताम बच्चनले यसरी कुनै दिन आफ्ना फिल्म यसरी देखाइनेछन् भन्ने कल्पना पनि नगरेको तर फिल्म हेरिटेज फाउन्डेसन एवं पीभीआरको यो कदमले आफूसँग निर्देशकको काम पनि सर्वसाधारणले फेरि हेर्न पाउने बताएका छन् । ‘मेरो काम मात्र होइन, मेरा सहकर्मी, निर्देशक र प्राविधिकको काम पनि फेरि एक पटक हेर्न पाइने भएको छ । यो साँच्चै स्तुत्य प्रयास हो,’ अमिताभ बच्चनले प्रतिक्रिया दिएका छन् । फेस्टिभलका दौरानमा मुम्बई, कलकत्ता, दिल्ली, बेंगलोरसँगै बच्चनको गृहनगर प्रयागराजका हलमा पनि यी फिल्म देखाइनेछन ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


