उजुरीविरुद्ध जवाफ दिन देउवालाई २ बजेसम्मको समय
काठमाडौं । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई उम्मेदवारीविरुद्ध परेको उजुरीबारे जवाफ दिन आज दिउँसो २ बजेसम्मको समय दिइएको छ ।
नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक परेपछि देउवाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा सोमबार उजुरी परेको थियो।
डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस ९बिपी०का उम्मेदवार कर्ण मल्लले उनको नामांकन जन्ममितिमा एउटा र मतदाता नामावलीमा अर्को भएको भन्दै मुख्य निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन्।
प्रधानमन्त्री देउवाको जन्ममिति नागरिकतामा विसं २००३ जेठ ३१ गते रहेको छ भने मतदाता नामावलीमा विसं २००२ जेठ ३१ गते उल्लेख गरिएको छ। डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार उजुरीउपर स्पष्ट पार्न आज दिउँसो २ बजेसम्मको समय दिइएको छ।
सूचना पाटीमा टाँसिएको ब्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेश गर्नु पर्नेछ । देउवाले पत्नी आरजु राणालाई वारेस बनाएर आइतवार उम्मेदवारी दर्ता गराएका थिए ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन्। उम्मेदवार मनोनयनमा उल्लेख भएको नाम, जन्ममितिसहित विभिन्न विषयमाथि प्रश्न उठाउँदै उजुरी परेको छ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

