नेप्से परिसूचक दोहोरो अंकले घट्यो
काठमाडौँ । आज (मंगलबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा झरेको छ । नेप्से ०. ८६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.२१ अंकले घटेर ३६३.६३ विन्दुमा झरेको छ ।
कूल २२९ वटा कम्पनीको १७ लाख ६७ हजार ६ सय ९२ कित्ता सेयर खरिदबिक्री हुँदा ५५ करोड २७ लाख १२ हजार ८ सय ८५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको सेयर बढेको छ । बाँकी १० वटा उपसमूहको सेयर घटेको छ ।
आज नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ३ करोड १० लाख ९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । मंगलबार २ वटा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । समिट लघुवित्त वित्तीय संस्था लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यस दिन विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ७.१८ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ४१ रूपैयाँ ५० पैसामा झरेको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


