फेसबुक सञ्चालक कम्पनी मेटा रुसको आतंकवादी सूचिमा, अदालतको अपील अस्वीकार
काठमाडौं । रुसको वित्तिय निगरानी गर्ने संस्था रोजफिन मोनिटरिङले अमेरिकी प्रविधि कम्पनी मेटालाई आतंकवादी र चरमपन्थीको सूचीमा राखेको छ । मेटा इन्टरनेट मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्ने कम्पनी हो। रुसले मार्चमा फेसबुक र इन्स्टाग्राम प्रतिबन्ध लगाएको थियो । मस्कोको एक अदालतले रुसी निर्णयलाई पुनर्विचार गर्न गरिएको मेटाको अपील अस्वीकार गरेको छ ।
अदालतको निर्णयसँगै मेटाले रुसमा तालिवान र रुसकै विपक्षी समूहहरूजस्तै आतंकवादीजस्तै आतंकवादी र अतिवादीको सूचिमै रहनेछ भने प्रयोगकर्ताले सहजै यसबाट सञ्चालित सामाजिक सञ्जालको प्रयोग गर्न पाउनेछैनन् । इन्टरफ्याक्स समाचार संस्थालाई हवाला दिँदै अलजजिराले मेटाका वकिलले आफ्नो प्लेटफर्ममा कुनै चरमपन्थी गतिविधि नचलाइएको स्पष्टीकरण दिएको उल्लेख गरेको छ । मार्चदेखि नै रुसमा फेसबुक चल्न छाडे पनि कतिपय प्रयोगकर्ताले भीपीएनमार्फत चलाइरहेका छन् ।
रुस(युक्रेनबीच बढ्दो तनावलाई मध्यनजर गर्दै रुसले अमेरिकाको चर्चित प्रविधि कम्पनी मेटाविरुद्ध प्रतिबन्ध लगाएको हो । यसबारे मेटाले कुनै प्रतिक्रिया दिइसकेको छैन । रोसफिन मोनिटरिङले जारी गरेको सूचीमा अतिवादी र आतंकवादी गतिविधिमा संलग्न रहेको नाम र संगठनको विवरण खुलाइएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


