हट्ने भए जोखिमपूर्ण विद्युत् क्याबिनेट
काठमाडौं । मानिसको ज्यान नै खतरामा पर्ने गरी सडकपेटीमा राखिएका विद्युत्का क्याबिनेट हटाइने भएको छ । ती क्याबिनेट हटाउन नेपाल विद्युत् प्राधिकरणले नयाँ डिजाइन गरेको छ ।
काठमाडौँ उपत्यकामा विद्युत्का तार भूमिगत गर्दा पैदलयात्रीको अधिकार क्षेत्रका सडकपेटीमा बनाइएका क्याबिनेट जोखिमपूर्ण छन् । नेपाल विद्युत् प्राधिकरणले ‘खतरायुक्त’ सङ्केतसहित उच्च भोल्टका क्याबिनेट राख्दा पैदलयात्रीको जीवन जोखिममा पर्दै आएको हो ।
बाटोघाटोमा निर्बाध र निस्फिक्रीसाथ हिँडडुल गर्न नपाउनुका साथै पैदलयात्रीलाई पर्खाल र क्याबिनेटको बीचमा च्यापिएर हिँड्नुपर्ने अवस्था छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडकपेटीमा राखिएका क्याबिनेट छिट्टै नै हटाउने बताए । प्राधिकरणले अहिलेसम्म काठमाडौँ उपत्यकाभर तीन हजार सात सय क्याबिनेट जडान गरेको छ ।
प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले अहिले सडकपेटीमा राखिएका क्याबिनेट हटाउन नयाँ इन्जिनियरिङ रि–डिजाइन गरिसकिएको बताए । उनले भने, “नयाँ डिजाइनअनुसार अहिले राखिएका क्याबिनेटलाई हटाएर नयाँ पातलो ९स्लिम० तथा विद्युत् सर्ट हुन नसक्ने खालको बक्स राखिनेछ ।”
सडकपेटीमा नयाँ डिजाइनअनुसारको क्याबिनेट राखेपछि फुटपाथमा हिँडडुल गर्ने सर्वसाधारणलाई कुनै अप्ठ्यारो वा खतरा नहुने उनको दाबी छ । नयाँ डिजाइनअनुसार चौडा भएको सडकपेटीमा भुइँमा नै र साँघुरो ठाउँमा भने ट्रान्सफरमरजस्तै पोलमा क्याबिनेट राखिने बताउँदै प्रवक्ता भट्टराईले भने, “अब राखिने क्याबिनेटले सडकपेटी पनि ‘ब्लक’ हुँदैन । कुनै प्रकारको विद्युतीय खतरासमेत हुँदैन ।” नयाँ डिजाइनअनुसारको क्याबिनेटको आयतन मात्र दुई सय एमएम बाक्लो हुनेछ ।
प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा एयरपोर्ट, टोखा, गोंगबु, चाबहिल, धोबीखोला, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, जोरपाटी, बालुवाटार, बूढानीलकण्ठ, महाराजगञ्ज, रत्नपार्क, नयाँ सडक ९न्युरोड० र अनामनगर क्षेत्रको सडकपेटीमा क्याबिनेट राखेको छ । गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


