नोबेल शान्ति पुरस्कार विजेता मलला युसुफजाई पाकिस्तानमा
काठमाडौँ । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफ्नो जन्मस्थान पाकिस्तान पुगेकी छन् । तालिबानको असफल हत्या प्रयासको दश वर्षपछि युसुफजाई पकिस्तान फर्किएकी हुन् । पाकिस्तानमा रहँदा उनले बाढी प्रभावित क्षेत्रका मानिससँग भेट गर्ने छिन् । यो वर्ष पाकिस्तानमा एक दशकयताकै ठूलो वर्षा भएको छ ।
किशोरी शिक्षा अभियान चलाएको आरोप लगाउँदै पाकिस्तान तालिवान आबद्ध लडाकुहरुले उनीमाथि गोली प्रहार गर्दा मलाला केबल १५ वर्षकी थिइन् । तत्काल उनलाई बेलायत लगेर उपचार गरिएको थियो । त्यसपछि उनले विश्वव्यापी रुपमा बालिका शिक्षाको अभियानमा लागेकी थिइन् । उनी नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने अहिलेसम्मकै सानो उमेरकी व्यक्ति हुन् ।
आक्रमणको १०औँ वार्षिकीको दुई दिनपछि स्वदेश फर्किएकी उनी दक्षिणी सहर कराँचीमा उत्रेकी थिइन् । उनले यस वर्षको अभूतपूर्व वर्षापछिको बाढीबाट प्रभावित मानिसहरूसँग भेट गर्ने भएकी छिन् ।
विनाशकारी बाढीले पाकिस्तानको एक तिहाइलाई भूमी जलमग्न बनेको थियो भने लाखौँ मानिस विस्थापित भएका छन् । बाढीले ४२ अर्ब बराबरको भौतिक क्षति भएको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


