Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

‘प्रहरीको हाकिम हुँ’ भन्दै ब्यापारीसँग रकम असुलेपछि‘

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २६
‘प्रहरीको हाकिम हुँ’ भन्दै ब्यापारीसँग रकम असुलेपछि‘

मोरङ । ‘प्रहरीको हाकिम हुँ’ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । व्यापारीसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका–२ बस्ने २९ वर्षीय रविन घिमिरे सोमबार साँझ पक्राउ परेका हुन् ।

सोही महानगरपालिका–१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स